नियम १३
धितोपत्र बजार सञ्चालन गर्न अनुमति दिने
े ः
(१) धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिको लागि नियम १२ बमोजिम कुनै संगठित संस्थाको निवेदन प्राप्त हुन आएमा बोर्डले उपनियम (२) का अधीनमा रही आवश्यक जाँचबुझ गर्दा उपयुक्त देखेमा त्यस्तो संगठित संस्थालाई अनुसूची–३ बमोजिमको ढाँचामा धितोपत्र बजार
सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।
(२) धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिको लागि निवेदन दिने संगठित संस्थाले देहायका शर्तहरू पूरा गरेको भएमा मात्र बोर्डले त्यस्तो संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमति दिनेछ ः–
(क) शेयरवाला वा सदस्यहरूको दायित्व सीमित हुने गरी संस्थापित भएको ।
(ख) संगठित संस्थाको नियमावली वा विधानमा शेयरवाला वा सदस्यलाई मुनाफा नबाँडिने कुरा स्पष्ट उल्लेख भएको ।
(ग) नेपाल सरकार, नेपाल राष्ट्र बैंक वा नेपाल सरकारले तोकेको अरु संगठित संस्था बाहेक ११धितोपत्र व्यवसायी मात्र सदस्य वा
शेयरवाला हुन सक्ने प्रावधान भएको ।
(घ) संगठित संस्थाको सञ्चालक समितिको सदस्य तथा कार्यकारी प्रमुख धितोपत्र कारोबार वा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त
भएको ।
(ङ) संगठित संस्थाको आर्थिक स्थिति मजबुत तथा सन्तोषजनक भएको ।
(च) संगठित संस्थाको नियमावली वा विधानमा देहायका कुराहरूको सम्बन्धमा उचित व्यवस्था भएको ः–
(१) सदस्यता प्रदान गर्ने सम्बन्धमा ।
(२) सदस्यताको लागि चाहिने योग्यता सम्बन्धमा ।
(३) सदस्यता प्राप्त व्यक्तिले पालन गर्नु पर्ने अनुशासन, कारवाही र सदस्यताबाट निष्काशन गर्ने सम्बन्धी प्रावधानहरूका सम्बन्धमा ।
(४) कारोबार गरिने धितोपत्रको सूचीकरण सम्बन्धी
प्रावधानहरूका सम्बन्धमा ।
(५) सूचीकरण गरिएको धितोपत्रको खारेजी र सो सम्बन्धमा अपनाइने कार्यविधि सम्बन्धी प्रावधानहरूका
सम्बन्धमा ।
(६) सदस्यता प्राप्त व्यक्तिहरूबाट गरिने कारोबारलाई नियमित र व्यवस्थित गर्ने सम्बन्धी आवश्यक
प्रावधानहरूका सम्बन्धमा ।
(७) लगानीकर्ताहरूको जानकारीको निमित्त आवश्यक सूचनाहरू दिने वा प्रकाशित गर्ने प्रावधानका सम्बन्धमा ।
(८) धितोपत्र कारोबार सम्बन्धी गलत वा भ्रामक सूचना दिने तथा जालसाज वा अवैध कारोबार गर्ने जस्ता कामहरू हुन नदिने सम्बन्धमा ।
(९) दलाल वा धितोपत्र व्यवसायीबाट भएका कामहरूको जाँच वा निरीक्षण सम्बन्धमा ।
(१०) दलाल वा धितोपत्र व्यवसायीबाट कारोबारको विवरण सूचनाहरू प्राप्त गर्ने तरिका र कार्यविधि सम्बन्धमा ।
(११) लगानीकर्ताहरूले जम्मा गरेको रकम दलाल वा धितोपत्र व्यवसायीले अन्य व्यवसायमा लगाउन नपाउने कुराका सम्बन्धमा ।